+

मुटुको समस्या भएपछि इनोक म्वेपुले लिए फुटबलबाट सन्यास

२०७९ असोज  २४ गते १७:३७ २०७९ असोज २४ गते १७:३७
मुटुको समस्या भएपछि इनोक म्वेपुले लिए फुटबलबाट सन्यास

२४ असोज, काठमाडौं । २४ वर्षीय जाम्बियन मिडफिल्डर इनोक म्वेपुले फुटबल खेलबाट सन्यास लिएका छन् । वंशाणुगत मुटुको रोग दोहोरिएका कारण फुटबलबाट सन्यास लिएको उनले बताएका हुन् ।

म्वेपुले ट्वीट गर्दै आफू चाहेर पनि अब मैदानमा उत्रिन नसक्ने लेखेका छन् । उनले लेखेका छन्, ‘दुखद कुरा अब मैले मेरा बुटहरु झुन्ड्याएर राख्नुपर्ने भएको छ । अब मैले फुटबल खेल्न नसक्ने भएको छुु । मलाई यहाँसम्म धेरै माया गर्दिनु हुने सम्पूर्णमा धेरै धेरै धन्यवाद ।’

मैदान उत्रिन नसके पनि आफू फुटबलसँग भने कुनै न कुनै रुपले जोडिइरहने उनले बताएका छन् । ‘यो नै मेरो फुटबलसँगको अन्त्य भने होइन म केही फरक रुपले फुटबलसँग जोडिने छु ।’

इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनले आफ्ना मिडफिल्डर इनोकमा मुटुको समस्याका कारण अकाल्पनिक ठूलो समस्या आउने खतरा रहेकाले खेल छाडेको बताएको छ ।

‘उनको मुटुमा रहेको समस्या वंशाणुगत रहेको र यसले भविष्यमा ठूलो समस्या देखा पर्ने भएकाले उनले खेल छोडेका हुन्’, क्लबले भनेको छ ।

जाम्बियाको राष्ट्रिय टोलीसँग माली जाँदा उनी बिरामी परेका थिए । त्यसयता उनले पश्चिम अफ्रिकामा भएको खेलमा पनि टिमसँग प्रशिक्षण गर्न पाएका थिएनन् । उनी त्यसबेला पनि ४ दिन अस्पतालमा बसेका थिए ।

पश्चिम अफ्रिकाको भ्रमण सकेर इङ्ल्यान्ड फर्किएका उनको स्वास्थ्य परीक्षण गर्दा मुटुमा गम्भीर समस्या देखिएको थियो । विगतमा भएको स्वास्थय परीक्षणमा यस्तो समस्या नदेखिएको क्लबले बताएको छ ।

उनी २०२१ मा १८ मिलीयन पाउण्डमा ब्राइटनमा चार वर्षको लागि आवद्ध भएका थिए । उनले क्लबका लागि २७ खेल खेल्दै ३ गोल गरेका छन् । अन्तिम पटक उनले सेप्टेम्बरमा सिटी विरुद्ध खेलेको खेल ब्राइटले ५–२ ले जितेको थियो ।

इनोक म्वेपु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय