२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटतर्फ प्रदेश-१ तथा लुम्बिनी प्रदेशबीचको खेल रद्द भएको छ ।
पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार दिउँसो प्रदेश-१ तथा लुम्बिनी प्रदेशबीचको खेल हुने तय थियो ।
तर निरन्तरको वर्षाको कारण टस पनि नभई खेल रद्द भएको हो । खेल रद्द भएपछि समूह बी मा रहेका प्रदेश १ र लुम्बिनी प्रदेशले १/१ अंक बाँडेका छन् ।
सोमबारको पहिलो खेलमा भने पुलिसले कर्णाली प्रदेशलाई डिएल मेथडमा ६३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा मंगलबार एपीएफ र बागमती प्रदेश तथा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
प्रतिक्रिया 4