+

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

२०७९ असोज  २४ गते १८:४२ २०७९ असोज २४ गते १८:४२
नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशले जितेको छ ।

बागमतीकी शिक्षा नापितले व्यक्तिगत सेबरतर्फको इभेन्टमा एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

योसँगै नापित पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन् । नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान भए ।

प्रतियोगिता ईपी, फोयल र सेबर इभेन्टमा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागीयसहित ६ टिमको सहभागी छन् ।

नवौं राष्ट्रिय खेलकुद शिक्षा नापित
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय