+

उमेर हदबन्दीले जिम्मेवारीबाट हट्दै गण्डकी खेलकुद परिषद् सदस्य सचिव, पोखे असन्तुष्टि

२०७९ असोज  २४ गते १९:२७ २०७९ असोज २४ गते १९:२७
उमेर हदबन्दीले जिम्मेवारीबाट हट्दै गण्डकी खेलकुद परिषद् सदस्य सचिव, पोखे असन्तुष्टि

२४ असोज, पोखरा । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङ सोमबार मध्यरातबाट सेवाबाट बिदाइ हुँदैछन् । ६० वर्षे उमेर हदबन्दीका कारण उनी स्वतः पदमुक्त हुन लागेका हुन् ।

०७७ कात्तिक २४ गते गण्डकी प्रदेश सरकारले पहिलो पटक खेलकुद विकास ऐन पारित गरेको ४ महिनापछि उनी परिषद्को सदस्य सचिव नियुक्त भएका थिए । उनलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले नियुक्ति दिएको थियो ।

१९ महिना जिम्मेवारी सम्हालेपछि गुरुङ मंगलबारबाट स्वतः पदमुक्त हुँदैछन् । तर, उनी नवौं राष्ट्रिय खेलकुदको मुखैमा उमेर हदबन्दीका कारण जिम्मेवारी छोड्नुपर्ने स्थिति आएपछि सन्तुष्ट छैनन् । सोमबार आफूले गरेको ‘प्रगति’को फेहरिस्त बोकेर उनले पत्रकार सम्मेलन नै गरे ।

करिब ४ दशकपछि राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीमा फर्किएकोबेला आफूलाई पनि केही दिन सरकारले ‘सहयोग’ गरिदिए हुन्थ्यो भन्ने गुरुङको चाहना छ । ‘हुन त नियम भनेको नियम नै हुन्छ । मैले भनेर पनि हुँदैन, मभन्दा माथिल्लो निकायले हेरिदिए हुन्थ्यो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘नवौंको संघारमा एउटा विकल्प दिए हुन्थ्यो ।’

परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतमले नवौंको सन्दर्भमा आफूहरुलाई जिम्मेवार नेतृत्व, नेता चाहिनेबेला नेतृत्वविहीन हुनु परेको गुनासो गरे । उनले पनि नवौं समापनसम्म विकल्प गुरुङले नै जिम्मेवारी सम्हाल्ने गरी विकल्प दिन सरकारसँग आग्रह गरे ।

‘गण्डकीमा देशकै यति ठूलो खेल भइरहेको छ । तर, हाम्रो नेता उमेर हदम्यादका कारण बाहिरिनु हुँदैछ,’ कार्यकारी सदस्य गौतमले भने, ‘जुनबेला हामीलाई नेता चाहिन्थ्यो, त्यहीबेला नेतृत्वविहीन हुँदैछौं ।’

नवौंका लागि प्रदेश सरकारबाट ५ करोड ८४ लाख रुपैयाँ निकासा

फरक प्रसंगमा सदस्य सचिव गुरुङले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारबाट ३ चरण गरी ५ करोड ८४ लाख रुपैयाँ निकासा भएको जानकारी दिए ।

उनले आफूहरुले प्रतियोगिताका लागि ७ करोड रुपैयाँ माग गरेको भए पनि कम आएको बताए । ‘यो रकम पनि थोरै भने होइन । तर, समयमै आएनन् । जसका कारण खेल तयारी भनेजस्तो बनाउन सकेनौं,’ उनले भने ।

सोही पत्रकार सम्मेलनका अवसरमा प्रदेश खेलकुद परिषद्को वार्षिक बुलेटिन ‘बोल्छ गण्डकी’ पनि लोकार्पण गरिएको थियो ।

तेजबहादुर गुरुङ नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय