
२५ असोज, बर्दिया । प्रहरीले ४.७ ग्राम लागूऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-४ का सिमोन विक र ललित भुजेल तथा खजुरा गाउँपालिका-१ का भानु सिग्देल र नेपालगञ्ज उपमहानगरपालिका-४का राजेश विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दिया खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका -०२ फुटाह दशगजा स्थित भारतबाट नेपालतर्फ आउँदै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता हिक्मत बहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथि बर्दिया जिल्ला अदालत गुलरियाबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4