
२५ असोज, भक्तपुर । ११ वर्षकी बालिका जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरमा एक युवकलाई पक्राउ गरेको छ ।
सोमबार राति सूर्यबिनायक नगरपालिका-२ मा बालिकाको डेरामा पुगी जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनारलाई पक्राउ गरेको हो ।
नुवाकोट नै घर भएकी बालिका आफ्ना अभिभावकसँग बालकोटमा डेरमा बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार पक्राउ परेका सुनारलाई प्रहरी वृत्त थिमीमा राखी अनुसन्धान सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4