+
+

मीन भामको फिल्म ‘चिसो वर्ष’मा छानिए सोनम तोप्देन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १६:०८

काठमाडौं । अन्ततः निर्देशक मीनबहादुर भामको आगामी फिल्म ‘चिसो वर्ष’को प्रमुखमध्येको एक भूमिकामा सोनम तोप्देन जोडिएका छन् ।

अडिसनबाट छानिएका तोप्देन र अर्का एक कलाकारलाई अनुबन्धित गर्नेबारेमा निर्माताले विकल्प खुला राखेका थिए । तर मंगलबार अनलाइनखबरसँग कुरा गर्दै निर्देशक भामले तोप्देन तय भएको जानकारी दिए ।

फिल्ममा जोडिएसँगै ‘सम्हालिन्छ कहिले मन’ डेब्यु अभिनेताले पुरुषतर्फको प्रमुख भूमिकामा अभिनय गर्नेछन् । सोनमले निर्देशक भामबाट यस वर्षको दशैं टीका पनि लगाएका थिए । गायक समेत रहेका सोनम भारतका नेपालीभाषी हुन् । कभर गीतमार्फत चर्चामा आएका उनी युवापुस्तामाझ चलेका सेलिब्रिटी हुन् ।

पुसदेखि छायांकन सुरु हुने फिल्मलाई अहिले मीन स्वयंले लेखिरहेका छन् । भेराइटी म्यागजिनका अनुसार जीवन बाँच्नका लागि महिला पात्रले गर्ने संघर्षको कथा पेस गर्ने फिल्मलाई रोड जनराको फिल्म भनिएको छ । पितृसत्ता बलियो भएको एक हिमाली गाउँको कथा यसले भन्छ ।

एक गर्भवती तिब्बती महिला शरणार्थी जो हराएका पतिको खोजीमा निस्किएकी छन् । हराएका पति खोज्न आफ्ना देवरसँग यात्रामा निस्किएकी ती महिलाको उतारचढाव फिल्मको कथावस्तु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?