
२५ असोज, काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेका छन् । शाहले मंगलबार जंगी अड्डामा प्रधानसेनापति शर्मासँग बिदाइ भेट गरेका हुन् ।
भेटमा प्रधानसेनपति शर्माले राजदूत शाहले पूरा पूरा गरेको सफल कार्यकालका लागि बधाइ दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए ।
नेपाली सेनाको जन सम्पर्क निर्देशनालयले भेटबारे जारी गरेको विज्ञप्तिमा यस्तो भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
राजदूत शाह नेपालमा आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4