+

कान्टे सहितका चेल्सीका तीन मुख्य खेलाडीले एसी मिलानसँग नखेल्ने

२०७९ असोज  २५ गते १८:०८ २०७९ असोज २५ गते १८:०८
कान्टे सहितका चेल्सीका तीन मुख्य खेलाडीले एसी मिलानसँग नखेल्ने

२५ असोज, काठमाडौं । चेल्सीका मिडफिल्डर एन्जोलो कान्टे सहित तीन मुख्य खेलाडीले च्याम्पियन्स लिगमा मंगलबार हुने एसी मिलानसँगको खेल गुमाउने भएका छन् ।

कान्टे सहित हाकिम जीएज र फोफानाले एसी मिलानसँगको खेल गुमाउने भएका हुन् ।

चेल्सीका तीन महत्वपूर्ण खेलाडीले मंगलबार एसी मिलानसँगको खेलअघि हुने अभ्यासमा टिममा सहभागिता जनाएका थिएनन् ।

कान्टेलाई मांशपेशीमा समस्या भएका कारण उनी यस खेलमा पनि मैदान नफर्किने भएका हुन् ।

फोफना भने घरेलु प्रतियोगितामा घुँडामा चोट लाग्दा खेलको ३८ औं मिनेटमा नै वैशाखीको सहयोगमा मैदान छोड्न बाध्य भएका थिए । उनी अझै एक महिना मैदान बाहिर रहने छन् । जिएज भने दाहिने पाखुराको चोटका कारण यस खेलमा मैदान बाहिर रहने भएका हुन् ।

एन्जोलो कान्टे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय