२५ असोज, पोखरा । नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ गते औपचारिक उद्घाटन हुँदैछ ।
प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रंगशालामा यतिबेला उद्घाटनका लागि धमाधम तयारी भइरहेको छ ।
प्रतियोगिताका लागि रंगशाला श्रृङगार्ने काम भइरहेका छ भने मार्च पासका लागि पोखराका विभिन्न स्कूलका विद्यार्थी तथा सुरक्षा निकायले तयारी थालेका छन् । औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि महिला क्रिकेट, ह्यान्डबल तथा फेन्सिङ प्रतियोगिता भने जारी छ । पुरुष क्रिकेट प्रतियोगिता एक महिनाअगाडि नै काठमाडौंमा भइसकेको छ ।
गण्डकीमा करिब ४ दशकपछि राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको हो । यसअघि २०४० सालमा पहिलोपटक दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो ।
प्रतिक्रिया 4