+
+

अस्पताल, क्याम्पस र मन्दिरलाई महालक्ष्मी विकास बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १९:०९

२५ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले अस्पताल, क्याम्पस र मन्दिरलाई विभिन्न सामग्री सहयोग गरेको छ । हेटौंडा अस्पताल, आँबुखैरेनी क्याम्पस, काठमाडौं–३० स्थित मैतीदेवी मन्दिर र चितवनको भरतपुर महानगरपालिका–२ आँपटारी स्थित शिवालय मन्दिरलाई विभिन्न सामग्री सहयोग गरेको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकको कमाने शाखाले हेटौंडा अस्पताललाई कुर्सी सहयोग गरेको छ । यस्तै बैंकको आँबुखैरेनी शाखाले आबँुखैरेनी–६ मा रहेको आँबुखैरेनी क्याम्पसलाई १५ थान पङ्खा हस्तान्तरण गरेको छ ।

बैंकको नारायणगढ शाखाले आँपटारीस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरेको छ ।
बैंकको मैतिदेवी शाखाले मैतिदेवी मन्दिरमा सीसी क्यामेरा जडान गरेको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले २ थान सीसी क्यामेरा जडान गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?