+

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङ दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

२०७९ असोज  २५ गते २०:१३ २०७९ असोज २५ गते २०:१३
नवौं राष्ट्रिय खेलकुद : फेन्सिङ दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

२५ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ प्रतियोगिताको थप ३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमध्ये एकल सेबरतर्फ एपिएफका राजेन्द्र गजुरेल, महिलातर्फ (फोयल)मा आर्मीकी रमा सिंह र पुरुष (इपी)मा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन् ।

एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । सेबरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रतज पदक जितेका छन् । रजत पदकमा आर्मीकै रघुवीर चन्द र एपिएफका खेमराज खत्रीले कास्य पदकमा नाम लेखाए ।

महिलातर्फको फोयलमा स्वर्ण पदक एपिएफकी मनिषा राईले रजत पदक र एपिएफकी मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पारेका छन् ।

पुरुष तर्फका इपीमा आर्मीका राम थापाले रजत पदक जिते भने गण्डकी प्रदेशका विजय अधिकारी र एपिएफका मिन कार्कीले कास्य पदक जितेका छन् ।

फेन्सिङको अंक तालिकामा आर्मी अग्रस्थानमा

सोमबारदेखि पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा सुरु भएको फेन्सिङ प्रतियोगिताकी अंक तालिका अनुसार आर्मी शीर्ष स्थानमा छ ।

७ स्वर्ण पदक छिनोफानो हुँदा विभागीय टिम आर्मीले दुई स्वर्ण, ३ रजत र ४ कास्य सहित ९ पदक प्राप्त गरेको छ ।

त्यस्तै, बागमती प्रदेश २ स्वर्ण, १ सय र १ कास्यसहित ४ पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ । विभागीय टिम शसस्त्र प्रहरी १ स्वर्ण, २ रजत र ६ कास्यसहित ९ पदकका साथ तेस्रो स्थानमा छ ।

सुदुरपश्चिम प्रदेश १ स्वर्ण पदक र गरी गण्डकीको नाममा प्रदेश १ कास्य पदक प्राप्त गरेको छ ।

ओमकार सिंह नवौं राष्ट्रिय खेलकुद रमा सिंह राजेन्द्र गजुरेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय