+
+

पल शाह प्रकरण : नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा जाने तयारी, तनहुँको सुनुवाइ पुन: स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १२:२५

काठमाडौं । नाबालिग बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बुधबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार निर्वाचनको कारण देखाउँदै सरकारी वकिल कार्यालयले मुद्दा पेसीबाट हटाएको जानकारी दिए । ‘न्यायाधीश नै निर्वाचन अधिकृत हुनु भएकाले त्यता खट्नुपर्ने भएकाले आजको मुद्दालाई सरकारी वकिलको कार्यालयले हटाएको छ,’ वाग्लेले अनलाइनखबरसँग भने ।

नयाँ पेसी केही दिनमा तोकिने र अबको सुनुवाइबाट फैसला आउन सक्ने उनले बताए ।

यसैबीच, नवलपुर जिल्ला अदालतको फैसला विरुद्ध केही दिनमै उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्दामा शाहलाई सफाइ दिए पनि बालयौन दूराचारको मुद्दामा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद र १० लाख रुपैयाँ पीडतलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

अभिनेता शाह अहिले तनहुँ कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?