
२६, असोज, चितवन । चितवन क्षेत्र नं. ३ मा सत्ता गठवन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता गरेनन् ।
भरतपुर महानगरपालिकाको मेयरमा पनि बागी उम्मेदवारी दिएर करीव १५ हजार मत ल्याएका पौडेलले क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं.३ ले पौडेलको उम्मेदवारी कायम भएको जानकारी दिएको छ । ‘मैंले उम्मेदवारी फिर्ता लिनका लागि दिएकै हैन’, पौडेलले अनलाइनखबरसँग भने, ‘माओवादीलाई बोकेर हिड्ने कांग्रेसको एजेण्डा गलत भएकोले अहिले पनि मेरो उम्मेदवारीको सान्दर्भिकता सकिएको छैन ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन नसकिने बताएको चितवन कांग्रेस बिरामी जाँचिरहेका डा. भोजराज अधिकारीलाई जिताउन हिँडेको नेता पौडेलको टिप्पणी छ ।
भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार हुँदा समयमा नै खर्च विवरण नबुझाएको भनेर जरिवानामा परेका पौडेलले ७ लाख ५० हजार रकम बुझाएर चितवन ३ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
चितवन ३ मै बागी बनेका कांग्रेसका अर्का उम्मेदवार दिनेश कोइरालाले नेकपा एमालेले समर्थन पाएका छन् ।
प्रतिक्रिया 4