+
+

काठमाडौं-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नाम फिर्ता लिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १४:२७

२६ असोज, काठमाडौं । काठमाडौं ४ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् ।

उम्मेदवारको तयारी अलि अघि देखि नै गर्नुपर्नेमा ढिलो मानसिकता बनेकाले नाम फिर्ता गरेको उनले बताए ।

‘उम्मेदवारको लागि अलि अघि देखि तयार गर्नुपर्ने थियो । मेरो तयारी पनि कम भयो ।’ श्रेष्ठले अनलाइनखबरसँग भने,‘ अर्कोपटकका लागि अलि अघिदेखि तयारी गरेर उम्मेदवार बन्छु । यसपटक फिर्ता गरें ।’

यसै क्षेत्रमा कांग्रेसका उम्मेदवार गगन थापा उम्मेदवार रहेकाले संसदमा उनको आवश्यकता देखेर पनि नाम फिर्ता लिने निर्णय गरेको उनले बताए । ‘योग्य र सक्षम व्यक्ति संसदमा आउनुपर्छ । रवि लामिछाने र गगन थापा जस्तो व्यक्ति संसदमा चाहिन्छ ।’ श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?