
२६ असोज, काठमाडौं । सल्यानमा कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर शाहले प्रतिनिधि सभाको उम्मेदवारी कायमै राखेका छन् । सत्तागठबन्धनमा प्रतिनिधिसभातर्फको उम्मेदवार एकीकृत समाजवादीलाई परेपछि उनले उम्मेदवारी दिएका थिए ।
एकीकृत समाजवादीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णयले कांग्रेसमा असन्तुष्टि बढेको थियो । कांग्रेसका पूर्वराज्यमन्त्रीसमेत पार्टीले दिएको निर्देशन अस्विकार गर्दै उम्मेदवारी कायम राखेका छन् ।
‘हामीले नाम फिर्ता गर्नुस् भनी आग्रह गरेका हौं । उहाँ (राजेन्द्र बहादुर)ले मान्नुभएन ।’ सल्यानका कांग्रेस जिल्ला सभापति केशबहादुर विष्टले अनलाइनखबरसँग भने । शाह २०७४ सालमा पनि उम्मेदवार बनेका थिए ।
प्रदेश-१ मा विद्रोही उम्मेदवार बनेका एकराज डाँगीले भने नाम फिर्ता गरेका छन् । डाँगी कर्णाली प्रदेशमा कांग्रेसका सहमहामन्त्री हुन् ।
गठबन्धनबाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला उम्मेदवार बनेका छन् । प्रदेश निर्वाचन (क) मा माओवादीका भीमप्रकाश शर्मा र (ख) मा कांग्रेसका सुरेश अधिकारीलाई गठबन्धनबाट साझा उम्मेदवार बनाइएको छ ।
प्रतिक्रिया 4