
२६ असोज, बागलुङ। बागुलङ-१ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका कांग्रेसका कृष्णशंकर श्रेष्ठले नाम फिर्ता लिएका छन् ।
गठबन्धनबाट यस क्षेत्रमा प्रतिनिधि सभा तर्फको उम्मेदवार राष्ट्रिय जनमोर्चालाई छुट्याइएको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।
जनमोर्चालाई प्रतिनिधि सभा छुट्याएपछि कांग्रेसका श्रेष्ठले उम्मेदवारी दिएका थिए । नाम फिर्ताका लागि निर्वाचन आयोगले आजका लागि तोकेको थियो । आयोगले तोकेकै समय सीमामा उनले नाम फिर्ता गरेका हुन् ।
बागलुङ १ (ख)मा प्रदेश सभाको उम्मेदवार डिल्लीराम सुवेदीले बागी उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिए । प्रदेश सभा तर्फ दुबै क्षेत्र कांग्रेसका उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4