
२६ असोज, काठमाडौं । प्रतिकूल मौसमका कारण विभिन्न स्थानमा पर्यटक अलपत्र परेको अवस्था र उद्धारको कामबारे बुधबार छलफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठका अनुसार प्रतिकूल मौसमका कारण अलपत्र पर्यटकको विभिन्न स्थानबाट उद्धार गरिएको छ । अझै केही क्षेत्रमा पर्यटक अलपत्र रहेको सम्बन्धमा मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायसँग छलफल गरी तत्काल उद्धारको व्यवस्था मिलाउन भनिएको उनले जानकारी दिएका छन् ।
पर्यटन व्यवसायीहरुका अनुसार अहिले क्रमशः हिमाली भेगको मौसम सामान्य बन्दै जाँदा अलपत्र पर्ने सम्भावना भने कम छ ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का महासचिव विनोद सापकोटाका अनुसार पर्यटकीय गन्तव्यको मौसम क्रमशः अनुकुल बन्दै जाँदा पुनः गतिविधिहरु नियमित बनिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4