+
+

६०० जनाको उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते २०:०९

२६ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् । यो उम्मेदवारी रद्द भएकाहरुको संख्या समेत हो ।

निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभामा कुल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको छ ।

प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ ।

बुधबार दिँउसोसम्म उम्मेदवारी फिर्ता लिने समयावधि तोकेको निर्वाचन आयोगले त्यसपछि उनीहरुको अन्तिम नामावली प्रकाशित गरेर निर्वाचन चिह्न समेत दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?