
२६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले भर्खरै कार्यावधि पूरा गरेको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल हो ।
उक्त प्रतिनिधिसभाका २७५ सिटमध्ये एमालेको १२१ सिट थियो । पार्टी विभाजनपछि एमालेमा ९८ जना कायम थिए । ४ मंसिरमा हुने चुनावमा एमालेका विरुद्ध कांग्रेसले पाँचदलीय गठबन्धन बनायो । भर्खरै त्यसबाट जसपालाई एमालेले आफूतिर तानेर चुनावमा प्रतिस्पर्धाको तयारी गर्दैछ ।
यस्तो अवस्थामा आगामी चुनावमा एमाले एक्लैले कति सिट ल्याउला ? महासचिव शंकर पोखरेल एमाले एक्लैले प्रत्यक्षतर्फ एमाले एक्लैले १०० सिट ल्याउने दाबी गर्छन् । माओवादीसँग मिलेर अघिल्लो चुनाव लड्दा प्रत्यक्षतर्फ ८० सिट एमालेको पोल्टामा थियो ।
जसपा, राप्रपाको साथ लागेर चुनाव लड्दा एक्लै कसरी १०० सिट आउला ? एमालेसँग त्यसको विस्तृत जवाफ त छैन । तर नेतृत्वले आन्तरिक आकलन गर्दा सय सिट प्रत्यक्षमा, ५० सिट समानुपातिक गरी एक सय पचास सिट ल्याउने पोखरेलले दाबी गरे ।
उनले कांग्रेस र माओवादी पहिलेभन्दा सानो साइजमा खुम्चिने दाबी पनि गरे । चुनावका बेला दलहरुले बाहिर एउटा भन्छन्, भित्र अर्कै मूल्यांकन पनि गरेका हुन सक्छन् । यस्तोमा पोखरेलको दाबी पनि सार्वजनिक खपतका लागि नआएको भन्न सकिन्न । तै पनि अनलाइनखबरसँग उनले यस्तै बोले ।
पोखरेलसँगको पूरा अन्तर्वार्ता केहीबेरमा ।
प्रतिक्रिया 4