
काठमाडौं । नेपाल टेलिभिजनमा ‘हिजोआजका कुरा’ सिरिज हेरेर हुर्किएको दर्शकीय जमातका लागि यसको फिचर स्वरुप खास रुचिकर हुन सक्छ ।
यही आशाबीच शुक्रबारदेखि सन्तोष पन्त र रमा थपलिया अभिनित फिल्म देशव्यापी प्रदर्शन हुँदैछ । हल रिलिजको दुई दिनअघि वान सिनेमाजमा प्रिमियर आयोजना गरियो जहाँ पछिल्लो छिमलका कलाकार पनि सहभागी रहे ।
केकी अधिकारी, दिव्यदेव, जेविका कार्की, ऋचा शर्मा प्रिमियरमा उपस्थित रहे । दीपकराज गिरी, विल्सनविक्रम राई, रिस्ता बस्नेत लगायतका कलाकार पनि सहभागी भए ।
साकार पन्त निर्देशित २ घण्टा ३० मिनेट लामो फिल्म सम्बन्धका आयाममा आधारित छ । दम्पती विदेशिंदा यसले सम्बन्धमा ल्याएको विचलन, पछिल्लो पुस्ताको सम्बन्ध कसरी कृत्रिम बन्दैछ र पुस्तान्तरणको द्वन्द्व फिल्ममा चित्रित छ ।
प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेता पन्तले पछिल्लो पुस्ताका दर्शकले फिल्मलाई रुचाउने बताए । अभिनेत्री अधिकारीले आफूहरु ‘हिजोआजका कुरा’ हेरेर अभिनयमा आएको स्मरण गरिन् ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4