
२७ असोज, पाल्पा । पाल्पामा गाजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं. ३ का १८ वर्षीय परिभेष श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले आफ्नै घरमा गाजा लुकाएर राखेको सूचनाका आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
श्रेष्ठको घरमा खानतलासी गर्दा आफू सुत्ने कोठामा एक किलो ३ सय ग्राम सुकेको गाजा राखेको भेटिएको प्रहरीले जनाएको छ । उनका बारेमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4