+
+

नेशनल र समिट लघुवित्त मर्जरमा जाने, स्वाप रेसियो कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १०:५८

२७ असोज, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सहमति भएको छ । २६ असोज गते शुक्रबार साँझ दुई संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए ।

मर्जरपछि बन्ने संस्थाको नाम नेशनल समिट लघुवित्त वित्तीय संस्था रहने तथा सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हालको नेशनल माइक्रोफाइनान्सको नै हुने सहमति भएको उनले बताए । सञ्चालक समितिमा नेशनलबाट ४ जना र समिटबाट २ जना तथा एक जना स्वतन्त्र सञ्चालक हुने सहमति भएको उनले बताए ।

मर्जरपछि बन्ने संस्थामा हालको समिट लघुवित्तको १०० कित्ता सेयर हुने सेयरधनीको ८० कित्ता मात्रै रहेन सहमति भएको छ । अर्थात् १००ः८० को स्वाप रेसियोमा मर्जर हुने भएको छ ।

त्यसैगरी संस्थाको चुक्तापूँजी १ अर्व भन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम रु. १७ अर्ब भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भएर कुल शाखा संख्या २०४ पुग्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?