
काठमाडौं । अभिनेता दयाहाङ राई लामो समयपछि नाटक निर्देशनमा पुनरागमन गर्दैछन् । मण्डला नाटक समूहले विज्ञप्ति जारी गर्दै दयाहाङले ‘कुभिण्डोको कथा’ नाटक निर्देशन गर्न लागेको जानकारी दिएको छ ।
पाँच महिने नाटक लेखन परियोजना २०२२ बाट छनोट भएको उक्त नाटक सुदूरपश्चिम प्रदेशका नाटककार प्रनिश मगरद्वारा लिखित लोककथामा आधारित छ ।
यो नाटकलाई मंसिर ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समापन समारोहमा समेत प्रियिमर गरिने भएको छ । दयाहाङले निर्देशन गर्ने नाटकको सहनिर्देशकमा विकास जोशी हुनेछन् ।
यो नाटकका लागि अडिसनमार्फत कलाकारहरु छानिने मण्डला नाटकघरकी अध्यक्ष तथा अभिनेत्री सिर्जना सुब्बाले जनाएकी छन् ।
मण्डलाका अनुसार नाटक लेखन परियोजना २०२२ बाट ‘कुभिण्डोको कथा’सहित सन्दीप श्रेष्ठको ‘चन्द्रलाई कसले मार्यो’, सुरज यादवको ‘बहुरिया’, समृद्धि नेपालको ‘उनालोम’, प्रदीप ढुंगानाको ‘नवुदर्गा’ र भूमिका चौधरीको ‘माघुरामको माघी’, हीरा बिजुली नेपालीको ‘कमरेड ऐलानी’ छानिएका छन् ।
प्रतिक्रिया 4