+
+

न्युयोर्क प्रिमियरमा ‘ब्ल्याक एडम’लाई सुखद् समीक्षा, रेडकार्पेटमा द रकको आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १३:१८

काठमाडौं । ड्वेन जोन्सन स्टारर हलिउड सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’को नेपाली समयानुसार बिहीबार बिहान अमेरिकाको न्युयोर्कमा भव्य प्रिमियर गरिएको छ ।

५० वर्षीय अभिनेता जोन्सन प्रिमियरमा चम्किलो रातो सुटमा सहभागी रहे । अभिनेत्रीहरु साराह सही र क्वान्टेसा स्वीन्डेल फ्लोर लेङ्थ गाउन्समा आकर्षक देखिएका थिए ।

द रक नामक उपनामले समेत चिनिने अभिनेता जोन्सनको छातीमा कुँदिएको ट्रायबल ट्याटुले उनी थप ह्यान्डसम देखिएका थिए । इम्बार्गोसहित दर्शकलाई फिल्म देखाइए पनि सामाजिक सञ्जालमा भने प्रिमियरबाटै प्रतिक्रियाहरु आइरहेका छन् ।

सामाजिक सञ्जालमा फिल्मलाई एक्सन दृश्यले भरिपूर्ण रहेको भन्दै प्रशंसा गरिएको छ । कतिपय दर्शकले यसलाई डीसी कमिक्सकै उत्कृष्ट फिल्म भएको भन्दै जोन्सनको अभिनयको प्रशंसा गरेका छन् ।

यो फिल्म कात्तिक ४ गते नेपालमा पनि रिलिज हुँदैछ ।

तस्वीरहरु

New York , NY – 10/12/22 -Black Adam New York Premiere -PICTURED: Dwayne Johnson
-PHOTO by: Dave Allocca/ StarPix
-Location: Times Square
New York , NY – 10/12/22 -Black Adam New York Premiere -PICTURED: Odelya Halevi, Noah Centineo and Aldis Hodge
-PHOTO by: Jason Mendez / StarPix
-Location: Times Square
New York , NY – 10/12/22 -Black Adam New York Premiere -PICTURED: Cast of Black Adam
-PHOTO by: Dave Allocca/ StarPix
-Location: Times Square
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?