
२७ असोज, काठमाडौं । भक्तजनले पशुपतिनाथ मन्दिरमा चढाएका सामग्री किन्न चाहनेहरुले अब बिक्री कक्षबाट किन्न सक्ने भएका छन् । पशुपति क्षेत्र विकास कोषले कोजाग्रत पूर्णिमाका दिनबाट यस्तो कक्ष सञ्चालनमा ल्याएको हो ।
२०७२ सालको भूकम्पपछि बिक्री कक्ष बन्द भएको थियो । कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बिक्री कक्षको उद्घाटन गरेका छन् ।
भगवानमा अर्पण गरिएका सामग्रीलाई प्रसादका रुपमा प्रयोग गर्न र उचित रुपमा प्रयोग गर्न सहुलियत मूल्यमा बिक्रीको व्यवस्था मिलाइएको कोषले जनाएको छ । बिक्री कक्ष मन्दिरको पश्चिम गेटको दक्षिण तर्फ रहेको पुरानो सप्तमी सत्तलसँगै रहेको छ ।
बिक्री कक्ष बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला हुने भएको छ । बिक्रि कक्षमा कोषले प्रकाशन गरेका पुस्तक समेत राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4