
काठमाडौं । तपाईंले आइफोन प्रयोग गर्नुहुन्छ भने जहाँ जानुभयो आइफोनले तपाईंको यात्रा विवरण ट्रयाक गर्दछ र ती सबै जानकारीहरु संग्रहित गर्दछ । तपाईंले आफ्नो आइफोनको लोकेसन हिस्ट्री हेर्न पनि सक्नुहुन्छ ।
एप्पलको आइफोन लगायतका सबै स्मार्टफोनहरुमा जिपिएस सेन्सर हुन्छ जसले जुनसुकै बेला पनि प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने, संग्रहित गर्ने र मनिटर गर्ने काम गर्दछ ।
तपाईंको आफ्नो आइफोन कुन बेला कहाँ पुगेको रहेछ भन्ने जान्न चाहनुहुन्छ भने तपाईंले आइफोनमा गएर यी काम गर्नुहोस् :
- आइफोनको Settings मा जानुहोस् र Privacy मा जानुहोस्
- त्यहाँ रहेको Location Services छान्नुहोस्
- त्यसपछि System Services मा थिच्नुहोस्
- Significat Locations भन्ने अप्सन छान्नुहोस्
- त्यसको पुछारमा History ट्याब देखिन्छ ।
उक्त ट्याबभित्र देखिएका लोकेसन सूचिमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले आइफोनका सबै लोकेसनहरु हेर्न सक्नुहुन्छ ।
त्यहाँ Clear History अप्सन पनि हुन्छ । जसमा थिचेर आफ्नो आइफोनमा संग्रहित सबै लोकसेन हिस्ट्री मेट्न सक्नुहुन्छ ।
आइफोनमा लोकेसन ट्रयाकिङ फिचर बन्द पनि गर्न सकिन्छ । यसका लागि :
- Settings मा जानुहोस्
- Privacy अप्सन छान्नुहोस्
- Locations Services मा थिच्नुहोस्
- त्यसपछि Location Services मा रहेको OFF मा थिच्नुहोस् ।

प्रतिक्रिया 4