
२७ असोज, काठमाडौं । नेकपा एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राप्रपाका ३ उम्मेदवारलाई समर्थन गरेको छ ।
एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बिहीबार एक विज्ञप्ति जारी गरी झापामा एमाले राप्रपा तालमेल भएको भन्दै राप्रपाका प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना उम्मेदवारलाई समर्थन गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार झापा–३ मा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ । त्यस्तै प्रदेशसभामा झापा–१ (ख) कि उम्मेदवार सविना बजगाईं र झापा– ४ (ख) का उम्मेदवार भक्तिप्रसाद सिटौलालाई समर्थन रहेको कार्कीले बताएका छन् । झापाका प्रतिनिधिसभा र प्रदेशसभाका अरु निर्वाचन क्षेत्रमा राप्रपाले एमाले उम्मेदवारलाई समर्थन गरेको छ ।
एमालेले बागी तालमेलविरुद्ध बागी उम्मेदवारी दिने आफ्ना नेताहरुलाई कारबाहीसमेत गरेको छ । झापा–३ मा एमालेका जिल्ला सचिवालय सदस्य डम्बर गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले जिल्ला अध्यक्ष कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
हेर्नुहोस विज्ञप्ति :
प्रतिक्रिया 4