
२७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सयपत्री हाइड्रोपावर कम्पनीको सेयर सूचिकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
कम्पनीको आयोजना प्रभावित स्थानीयलाई जारी गरेको ३ लाख कित्ता, सर्वसाधारणलाई निष्कासन गरेको ६ लाख कित्ता र संस्थापक सेयरधनीको २१ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
२७ असोजमा नेप्सेमा सूचिकृत गर्ने सम्झौता भएको कम्पनीको सेयर अगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4