+

पुरुष फुटबलमा बागमतीले मधेसलाई हरायो

२०७९ असोज  २७ गते २०:२९ २०७९ असोज २७ गते २०:२९
पुरुष फुटबलमा बागमतीले मधेसलाई हरायो

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार भएको पुरुष फुटबलको दोस्रो खेलमा बागमती प्रदेश विजयी भएको छ । बागमतीले मधेश प्रदेशलाई २–० गोल अन्तरले हराएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो ।

बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे ।

खेलको ३९ औं मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको पहिलो हाफमा मधेश प्रदेशले बागमतिलाई निकै दबाबमा राखे पनि गोल गर्न नसक्दा हार व्यहोरेको हो ।

बिहीबारको पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तरगत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदुरपश्चिम बीच दोस्रो खेल हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय