
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न निर्वाचनको तयारीको सन्दर्भमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4