
२८ असोज, काठमाडौं । संघीय संसद सचिवालयले आफ्नो वेबसाइटबाट सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको नाम हटाएको छ ।
सचिवालयका अनुसार सभामुख सापकोटा र उपसभामुख भुसालले प्राप्त सरकारी सुविधा (सरकारी निवास समेत) असोज २३ गते नै छाडिसकेका छन् । कार्यकाल सकिएकोले सभामुख र उपसभामुखको नाम र फोटो वेबसाइटबाट बटाइएको संसद सचिवालयका कर्मचारीहरु बताउँछन् ।
संसद सचिवालयका एक अधिकारी भन्छन्, ‘उहाँहरुले सेवा सुविधा फिर्ता गर्नुभयो त्यसपछि नाम हटाइएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4