
शेखर गोल्छा/फाइल तस्वीर
२८ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने अतिरिक्त सुविधाले समस्या आएको बताए । उनले अर्थतन्त्र संकटमा पर्दा अतिरिक्त सुविधा (प्रिमियम) लिएर समस्या परेको दाबी गरे।
शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रुपमा लिएको उललेख गरे ।उनले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने गरी आएको आरोप लगाए ।
‘नेपालको उधोग क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशतको ह्रास आएको छ,’ उनले भने, ‘पछिल्लो तथ्यांक हेर्दा एफडीआई बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा गर्न सकिन्छ । लामो समय रेमिट्यान्समा निर्भर भए झनै समस्या आउँछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4