+

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिबलमा एपीएफ, बागमती र पुलिस विजयी

२०७९ असोज  २८ गते १९:४४ २०७९ असोज २८ गते १९:४४
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिबलमा एपीएफ, बागमती र पुलिस विजयी

२८ असोज, पोखरा । विभागीय टिम एपीएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् ।

म्याग्दीको बेनीस्थित खुलामञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपीएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बिनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो ।

एपीएफले कर्णालीलाई २५–६, २७–२ र २५–७ को सोझो तीन सेटमा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र २५–१२ को सोझो तीन सेटमा पराजित गर्‍यो । नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५–१०, २५–११ र २५–१९ ले पछि पर्‍यो ।

शुक्रबारको खेलमा एपीएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी र पुलिसकी लक्ष्मी चन्द्रले वमेन अफ म्याचको उपाधी पाए । बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले सुदुरपश्चिमलाई सोझो ३ सेटमा पराजित गरेको थियो ।

मूह बिजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ । उक्त्त प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक यामबहादुर गुरुङले बताए ।

महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय