+

नवौं राष्ट्रिय खेलकुद : महिला हकीमा ८ गोल गर्दै आर्मी विजयी 

२०७९ असोज  २९ गते ११:४९ २०७९ असोज २९ गते ११:४९
नवौं राष्ट्रिय खेलकुद : महिला हकीमा ८ गोल गर्दै आर्मी विजयी 

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद महिला हकीको आज भएको खेलमा नेपाल आर्मी  विजयी भएको छ । आज भएको महिला हकीको पहिलो खेलमा आर्मीले ८–० गोल अन्तरले लुम्बिनी प्रदेशलाई हरायो ।

खेलको १ मिनेटमै सुनिता नेगीको गोलबाट आर्मीले अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा आर्मीकै तर्फबाट सितामाया बलले गोल गरिन् । २७ औं मिनेटमा सरस्वती तामाङ, २८ औं मिनेटमा सिता कुमारी चौधरी र २९ औं मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए ।

त्यस्तै खेलको तेस्रो क्वाटरमा सुनिताले आर्मीको लागि थप एक गोल गर्न सफल भएकी थिइन् । ४० औं मिनेटमा सुनिताले गोल गर्दै आर्मीको लागि अंक बढाइन् ।

यस्तै अन्तिम क्वाटरमा थप दुई गोल गर्दै आर्मी ८–० को गोल अन्तरले विजय भयो । ४८ औं मिनेटमा सरस्वती तामाङ र ५४ औं मिनेटमा कमला चन्दले एक–एक गोल गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद नेपाल आर्मी महिला हकी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय