२९ असोज, तनहुँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी र वाग्मती प्रदेश विजयी भएका छन् ।
शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४-७ को अन्तरले हरायो । आर्मीको जितमा जेनिसा श्रेष्ठले ८ स्कोर गरिन् ।
यसैगरि बागमती प्रदेशले मधेस प्रदेशलाई १४-२ को फराकिलो अन्तरले हराएको छ । वाग्मती प्रदेशको जितमा आस्था चौधरीले ८ स्कोर गरेकी थिइन् ।
प्रतिक्रिया 4