+

नवौं राष्ट्रिय खेलकुद : पुरुष १०० मिटरमा शिवराजलाई स्वर्ण

२०७९ असोज  २९ गते १३:१२ २०७९ असोज २९ गते १३:१२
नवौं राष्ट्रिय खेलकुद : पुरुष १०० मिटरमा शिवराजलाई स्वर्ण

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १०० मिटर दौडमा एपीएफका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् ।

शिवराजले १०.५५ सेकेण्डको समय निकाल्दै स्वर्ण जिते । आर्मीका युवराज विकले १०.५८ सेकेण्डमा दुरी पूरा गरेर रजत पदक जिते ।

आर्मीकै डिल्ली भण्डारीले १०.७० सेकेण्डको समयसहित कास्य पदक हात पारेका छन् ।

गत असारमा भएको राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिमा ३ स्वर्ण र १ रजत जितेर शिवराज प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका थिए ।

नवौं राष्ट्रिय खेलकुद युवराज विक शिवराज पार्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय