
२९ असोज, काठमाडौं । अमेरिकाले युक्रेनलाई थप ७२५ मिलियन डलर बराबरको हतियार र सैन्य सहायताको प्याकेज पठाउने घोषणा गरेको छ । युरोपेली देशहरूले युक्रेनलाई सहायता बढाएपछि रुसले प्रतिक्रिया स्वरूप युक्रेनको राजधानी किभमा मिसाइल हमला गरेपछि प्रतिक्रियामा अमेरिकाले सैन्य सहायता बढाउन लागेको ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार एक विज्ञप्तिमा युक्रेनका नागरिकमाथि रसियाले गरेको क्रूर क्षेप्यास्त्र आक्रमण र रुसी सेनाले गरेको अत्याचार बढिरहेको सन्दर्भमा सैनिक सहायता बढाउन लागिएको उल्लेख गरेका छन् ।
उनले रुसलाई पछाडि धकेल्ने काममा युक्रेनसँग अमेरिका एकताबद्ध हुँदै साथ दिने एक ट्वीट सन्देशमा उल्लेख गरेका छन् । अमेरिकाले गरेको नयाँ सैन्य प्याकेजमा उच्च क्षमताका क्षेप्यास्त्रहरू रहनेछन् । बाइडेन प्रशासनले युक्रेनमाथि रुसी हमला भएपछि १८.३ बिलियन डलर बराबरको सैन्य सहयोग गरिसकेको छ ।
I have directed another drawdown of arms and equipment worth $725 million from @DeptofDefense inventories to Ukraine, our 23rd drawdown since August 2021. As Ukraine’s defenders push back Russia’s forces, the United States stands #UnitedWithUkraine.
— Secretary Antony Blinken (@SecBlinken) October 15, 2022
प्रतिक्रिया 4