+

नवौं राष्ट्रिय खेलकुद : फुटबलमा गण्डकीको पहिलो जित

२०७९ असोज  २९ गते १९:४५ २०७९ असोज २९ गते १९:४५
नवौं राष्ट्रिय खेलकुद : फुटबलमा गण्डकीको पहिलो जित

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल तर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा प्रदेश१ लाई २–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो ।

समूह एतर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफ गरेको हो । गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे । निकै आक्रमक खेल पस्किएको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो ।

जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई अग्रता १–० को अग्रता दिलाए । २७ औं मिनेटमा कमलले गरेको शक्तिशाली प्रहारले सिधै जाली चुम्यो ।

पहिलो हाफ २–० ले पछि परेको प्रदेश नं.१ ले सुधारिएको खेल देखाएपनि स्ट्राइक लाइनमा कमजोर हुँदा खेलमा फर्किन सकेन ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय