
३० असोज, काठमाडौं । स्पेशल प्रि-ओपन सेसनमा पिपुल्स पावर लिमिटेडको सेयर कारोबार भएको छ । २७ असोज बिहीबार नेप्सेमा सुचिकृत भएको कम्पनीको सेयर आइतबार दोस्रो बजारमा पहिलो कारोबार भएको हो ।
आइतबार कम्पनीको सेयर प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ९४ रुपैयाँ ९६ पैसादेखि २८४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज प्रदान गरेको थियो ।
पिपुल्स पावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय जारी गरेको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण जारी गरेको २४ लाख ६७ हजार ४०० कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता गरी ६३ लाख २६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको भएको थियो ।
बिहीबार नै नेप्सेमा सुचीकृत भएको सयपत्री हाइड्रोपावरको सेयर भने आइतबार कारोबार नहुने भएको छ । नेप्सेको स्पेशल प्रि-ओपन सेसनमा कारोबार नहुँदा आइतबार कम्पनीको कारोबार नहुने भएको हो ।
नेप्सेले कम्पनीको सेयरलाई न्युनतम ६४ रुपैयाँ ९६ पैसादेखि १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ ।
नेप्सेले सुचिकृत कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज प्रदान गर्ने गर्छ ।
प्रतिक्रिया 4