
सत्यमोहन जोशीप्रति किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जली अर्पण गरिंदै । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो ।
अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ ।
जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4