
३० असोज, काठमाडौं । आइतबार सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार प्रतितोला सुनको मूल्य एक हजार र चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय, तेजावी सुनको मूल्य ९२ जहार ६ सय र चाँदीको मूल्य ११ सय ६० रुपैयाँ तोकिएको छ ।
शुक्रबार ९४ हजार एक सय रुपैयाँमा छापावाल, ९३ हजार ६ सय रुपैयाँमा तेजावी र ११ सय ८५ रुपैयाँमा चाँदीको खारिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4