+
+

दराजको ‘दराज क्लब’ सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १२:२८

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसीप प्रोग्राम ‘दराज क्लब’ सञ्चालनमा ल्याएको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले दराज एपमा प्रत्येक खरिदमा जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ।

दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पसन, थप पुरस्कार र विशेष भौचर लगायतका अन्य फाइदाहरू प्राप्त गर्नेछन् भने यी सुविधाहरू मार्फत, ग्राहकहरूले आफ्ना अर्डरहरूमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न कम्पनीको भनाइ छ।

दराज क्लब आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुलाई दराज एप अपडेट गर्नुपर्नेछ।

क्लबमा सामेल हुनका लागि, ग्राहकहरूले ३१ डिसेम्बर २०२२ सम्म कम्तीमा २५०० जेम्सहरु संकलन गर्नुपर्नेछ ।  जुन दराजमा किनमेल गरेर कमाउन सकिन्छ। ३१ डिसेम्बर पछि, क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३ हवा ५०० मा बढाइनेछ र दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?