
३० असोज, काठमाडौं । भक्तपुरको बाहाखा भीमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
शनिबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट घर भई काठमाडौं कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार मध्यपुरठिमी नगरपालिका-६ को भीमसेन चोकमा सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल ठोक्किँदा पण्डित घाइट्टे भएका थिए ।
घाइते पण्डितलाई कोरियन अस्पताल ठिमीमा प्रारम्भिक थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर लगिएकोमा उपचारका क्रममा आइतबार बिहान करिब ६ बजे मृत्यु भएको पाण्डेले जानकारी दिए । ठक्कर दिने ट्याक्सीका चालक सुन्दर गोर्खालीलाई प्रहरीले पक्रेको छ ।
प्रतिक्रिया 4