+

महिला क्रिकेटमा सुदूरपश्चिममाथि एपीएफको ५ विकेटको जित

२०७९ असोज  ३० गते १२:३४ २०७९ असोज ३० गते १२:३४
महिला क्रिकेटमा सुदूरपश्चिममाथि एपीएफको ५ विकेटको जित

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा एपीएफले सुदूरपश्चिममाथि ५ विकेटको सानदार जित हात पारेको छ ।

यसअघिका तीन वटै खेल जितेको एपीएफ सेमिफाइनल पुगिसकेको छ भने हारसँगै सुदूरपश्चिम भने प्रतियोगिताबाट बाहिरिएको छ ।

जितका लागि पाएको ९३ रनको लक्ष्य एपीएफले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।

एपीएफका लागि तेस्रो क्रमकी ब्याटर इन्दु बर्माले सर्वाधिक ४५ रन बनाइन् । ओपनर ज्योति पाण्डे १६ बलमा ११ रन बनाउँदै बोल्ड भइन् । अर्की ओपनर सीता राना मगर ४ रनमै क्याच आउट भएपछि तेस्रो क्रमकी ब्याटर इन्दु बर्माले एपीएफलाई उकासेकी हुन् ।

ममता चौधरी ७ र मञ्जु बोगटी २ रनमा भभेलियन फर्किए । रोमा थापा ११ र नेरी थापा ४ रनमा अविजित रहे ।

सुदुरपश्चिमका लागि मनिष चौधरी, अनु खडायत, डली भट्ट र स्नेहा महराले समान १ विकेट लिए ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ्ग गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।

सुदूरको लागि ऋतुले ४६ बलमा २ चौकासहित सर्वाधिक ३५ रनमा अविजित रहिन् । ओपनर विन्दु रावल १८ बल खेल्दै ८ रनमा बोल्ड भइन् । दोस्रो विकेटका लागि रवि पोदार र ऋतुले २९ रनको साझेदारी गरेका थिए ।

मध्य गतिकी बलर सुष्मा श्रेष्ठको बलमा बोल्ड हुनुअघि पोदारले ३५ बलमा ३ चौकासहित २३ रन बनाइन् । स्नेहा महरा २० बलमा १ चौकासहित १८ रनमा इन्दु बर्माको बलमा बोल्ड भइन् ।

तेस्रो विकेटका लागि महरा र ऋतुले सर्वाधिक ४१ रनको साझेदारी गरेका हुन् । एपीएफको लागि नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले समान एक विकेट लिए ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय