३० असोज, पोखरा । नेपाल पुलिस क्लवकी हिरामोती थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण पदक जितेकी छन् ।
पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगितामा महिलाको ४५ केजीमूनि तौलसमूहमा कुल ११५ केजी तौल उचालेर हिरामोतीले स्वर्ण जितेकी हुन् । उनले स्न्याचमा ५० र क्लिन एन्ड जर्कमा ६५ केजी भार बहन गरिन् ।
यो स्पर्धामा एपीएफकी लिला राईले रजत तथा मधेश प्रदेशकी अम्बिका कुमारी यादवले कांस्य जितिन् । लिलाले कुल ९३ र अम्बिकाले कुल ७५ केजी भार बहन गरिन् ।
प्रतिक्रिया 4