+
+

अरिंगालले चिलेर उदयपुरमा एक युवाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १३:०८

३० असोज, उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिंगालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ ।

साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिंगालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिंगालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताउनुभयो । अरिंगालले चिलेर अन्य चार युवा घाइते भएको पनि उनले जानकारी दिए ।

बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिंगालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिंगाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिंगालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए ।

अरिंगालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी गराए ।

बर्सेनि जाँते नजिकैको पाखाका जङ्गल र चौलानेका जङ्गलमा स्थानीयवासीले अरिंगालको सिकार गर्दै आएका छन् । यसपटक पनि कालो अरिंगालको सिकार गर्न गएका दिवशसहितका युवाले अरु सिकारीले छाडेका कालो अरिंगालको गोलो सिकार गर्न लाग्दा पहिल्यै अरिंगालले आक्रमण गरेको धनबहादुरको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?