+

महिला हकी : प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा

२०७९ असोज  ३० गते १५:१६ २०७९ असोज ३० गते १५:१६
महिला हकी : प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो ।

खेलको पहिलो क्वाटरमा पूर्णिमा राईले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । यो जितसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै आज भएको दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोल अन्तरले सुदुरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुने गरेको छ ।

भोलि सोमबार प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

नवौं राष्ट्रिय खेलकुद महिला हकी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय