३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत साइक्लिङ क्रसकन्ट्री विधामा सुरज राना र लक्ष्मी मगरले स्वर्ण जितेका छन् ।
आइतबार पोखराको रानीवन ट्रयाकमा भएको प्रतियोगितामा एपीएफका सुरजले पुरुषतर्फ र बागमतीकी लक्ष्मीले महिलातर्फ स्वर्ण जितेका हुन् ।
सुरजले १ घण्टा ९.३८ मिनेटमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
यस्तै नेपाल आर्मीका हिमाल टमाटाले १ घण्टा ११.४३ मिनेटमा पुरा गर्दै रजत तथा एपीएफका लक्ष्मण मल्लले १ घण्टा १३.२५ मिनेटमा दूरी पूरा गर्दै कांस्य जिते ।
महिलातर्फ स्वर्ण जितेकी लक्ष्मीले निर्धारित दूरी १ घण्टा ९.४८ मिनेटमा पुरा गरिन् ।
आर्मीकी उषा खनालले १ घण्टा १२.३९ मिनेटमा पूरा गर्दै रजत तथा एपीएफकी हुमी बुढामगरले १ घण्टा २०.०४ मिनेटमा पूरा गर्दै कांस्य जिते ।
प्रतिक्रिया 4