+

नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा एपीएफको जित

२०७९ असोज  ३० गते १५:३१ २०७९ असोज ३० गते १५:३१
नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा एपीएफको जित

३० असोज, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपीएफले त्रिभुवन आर्मीलाई पराजित गरेको हो ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धामा एपीएफले सेनालाई ३-१ को सेटमा पराजित गरेको हो ।

विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको एपीएफले सेनालाई पहिलो सेट २५–२०, तेस्रो २५–२१ र चौथो सेट २५–२३ मा पराजित गरेको थियो ।

एपीएफ विरुद्ध २५–१९ ले दोस्रो सेट जितेको मनिषा खाणको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रदर्शन र कडा प्रतिस्पर्धा गरे पनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन् ।

तीन टिम रहेको समूह ए बाट शसस्त्र र त्रिभुवन आर्मी क्वाटर फाइनल प्रवेश गरेको भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिए । क्वाटर फाइनलमा समूह ए को बिजेता एपीएफ र समुह सी को उपविजेता लुम्बनी प्रदेश भिड्ने छन् ।

यसैगरी समूह सी को विजेता नेपाल पुलिस क्लबले समूह ए को उपविजेता आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

नवौं राष्ट्रिय खेलकुद महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय